राष्ट्रपतिबाट १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा. रीता गुरूङ, डा। शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. बिमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...