मधेश प्रदेशमा संविधान दिवस भव्यतापूर्वक मनाइने

Published on

काठमाडौं । मधेश प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवस मनाउने विषयमा सम्बन्धित सरोकारवालासँग छलफलका लागि शुक्रबार आयोजना गरेको बैठकमा यस प्रकारको निर्णय भएको हो । संविधान दिवसका दिन बिहान ७ वजे मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधामको रमानन्द चौकबाट प्रभात र्‍य ाली निकाल्ने र त्यसको लगत्तै संविधान र सङ्घीयताको विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिने मन्त्रालयका निमित प्रमुख एवम कानुन अधिकृत सन्दीप सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार संविधान दिवसका दिन हुने कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलको संसदीय दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी, चारवटै सुरक्षा निकाय, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहने बताउनुभयो । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको आजको बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदी, मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै मधेश प्रदेश सरकारका कानुनमन्त्री लेखीले संविधानको सफल कार्यान्वयन हुँदै गएकोले मधेश प्रदेश सरकारले यस वर्ष संविधान दिवसलाई भव्यताका साथ मनाउन लागिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...