विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता

Published on

काठमाडौं । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय स्तरको लागूऔषध दुर्व्यसनविरुद्ध ‘पत्रिका’ प्रकाशन प्रतियोगिता कार्यक्रम गरिएको छ ।

“लागूऔषध दुरुपयोगविरुद्ध लडौँ स् रोकथाममा जोड दिऔँ” भन्ने मूल नाराको साथ वराहक्षेत्र नगरपालिका वडा नं।६ मा शिक्षा युवा तथा खेलकुद शाखाले कार्यक्रम आयोजना गरेको हो । इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीको सहकार्य र फ्यान क्लबको प्राविधिक सहयोगमा ‘लागूऔषध दुर्व्यसन’ सम्बन्धी सचेतनामूलक फ्यान भित्ते पत्रिका प्रकाशन प्रतियोगितामा प्रतियोगितामा वराहक्षेत्र नगरपालिकाको १२ वटा विद्यालयहरूले सहभागी जनाएको थियो ।

जसमा महेन्द्र माध्यमिक विद्यालय प्रथम, मर्निङ स्टार बोर्डिङ स्कुल दोस्रो, आदर्श मावि तेस्रो र सरस्वती मावि चौथो भएको थियो । प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले, वराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाको अधिकृत देवेन्द्र मल्ललगायतले विजेता भएका विद्यालयहरूलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद रकमसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । लागूऔषधले जति जरा गाडेको छ त्यसको जरा फाल्न धेरै गाह्रो भएको बताउनुहुँदै प्रवक्ता भण्डारी लागूऔषधमा युवाहरू फसेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...