बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छः मन्त्री सुडी

Published on

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौँमा शनिबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बतानुभएको हो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

मन्त्री सुडीले नेपाल सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भए पनि आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताउनुभयो । उहाँले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैङ्गिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताउनुभयो ।

मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुका लागि सरकारले पर्याप्त स्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...