कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि

Published on

काठमाडौं । विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । भारत प्रशासित कश्मीरमा दश वर्षपछि हुन लागेको पहिलो विधान सभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ । “बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबिच विभाजित भएको हो र दुवै देशले यसलाई पूर्ण रूपमा दाबी गर्दै आएका छन् । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् । पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मीर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ । सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८।७ मिलियन मानिस यस क्षेत्रको विधान सभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...