पुलिस र आर्मीको बराबरी

Published on

काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । पुलिसका लागि अमृता जैसीले ४८औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । त्यसपछि आर्मीकी अमिशा कार्कीले ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरीसँगै पाँच खेलबाट ११ अङ्क बनाएको पुलिस तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

ताजा समाचार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्...