नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता

Published on

काठमाडौं । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैनन् । बनघटी घाटमा नदी तर्ने क्रममा राना डुबेका जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...