एमबाप्पे र भिनिसियसको पेनाल्टीमा गोल

Published on

काठमाडौं । स्टार खेलाडीद्वय केलियन एमबाप्पे र भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि साविक विजेता रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल सोसिडाडमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । रियलले दुवै गोल दोस्रो हाफमा गरेको हो । भिनिसियसले ५८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७५औँ मिनेटमा एमबाप्पेले अर्को पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताउनुभयो । तेस्रो जितसँगै पाँच खेलबाट ११ अङ्क बनाएको रियल दोसो स्थानमा उक्लिएको छ । पराजित सोसिडाड पाँच अङ्कसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा हरेको बार्सिलोनाको चार खेलबाट १२ अङ्क छ । रियालले अब यसै साता च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको स्टुटगार्ड क्लबसँग खेल्दैछ । एजेन्सी

ताजा समाचार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्...