पाँच लाख बराबरको सामग्री बरामद

Published on

काठमाडौं । कैलाली प्रहरीले पाँच लाख ३१ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सामानहरु बरामद गरेको हो ।

भारतबाट विभिन्न नाकाबाट ल्याएको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भजनी नगरपालिकाको चर्रा, पडरिया, हिम्मतपुरघाटबाट अन्दाजी चार लाख ४२ हजार रुपियाँ बराबरको मोटरसाइकलको पार्टपूर्जा, कपडा, चिनी, इलेक्ट्रोनिक सामान बरामद गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिकाको जुगेडा, हल्दुघाट, मनेहरा, ट्राफिक चोक, त्रिवेणीघाट, बेलीघाटबाट अन्दाजी ८९ हजार रुपियाँ बराबरको कपडा, सूर्तीजन्य पदार्थ, चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...