पाँच लाख बराबरको सामग्री बरामद

Published on

काठमाडौं । कैलाली प्रहरीले पाँच लाख ३१ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सामानहरु बरामद गरेको हो ।

भारतबाट विभिन्न नाकाबाट ल्याएको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भजनी नगरपालिकाको चर्रा, पडरिया, हिम्मतपुरघाटबाट अन्दाजी चार लाख ४२ हजार रुपियाँ बराबरको मोटरसाइकलको पार्टपूर्जा, कपडा, चिनी, इलेक्ट्रोनिक सामान बरामद गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिकाको जुगेडा, हल्दुघाट, मनेहरा, ट्राफिक चोक, त्रिवेणीघाट, बेलीघाटबाट अन्दाजी ८९ हजार रुपियाँ बराबरको कपडा, सूर्तीजन्य पदार्थ, चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...