एमबाप्पे र भिनिसियसको पेनाल्टीमा गोल

Published on

काठमाडौं । स्टार खेलाडीद्वय केलियन एमबाप्पे र भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि साविक विजेता रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल सोसिडाडमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । रियलले दुवै गोल दोस्रो हाफमा गरेको हो । भिनिसियसले ५८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७५औँ मिनेटमा एमबाप्पेले अर्को पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताउनुभयो । तेस्रो जितसँगै पाँच खेलबाट ११ अङ्क बनाएको रियल दोसो स्थानमा उक्लिएको छ । पराजित सोसिडाड पाँच अङ्कसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा हरेको बार्सिलोनाको चार खेलबाट १२ अङ्क छ । रियालले अब यसै साता च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको स्टुटगार्ड क्लबसँग खेल्दैछ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...