प्रकाशलाई मिस्टर काठमाडौँ उपाधि

Published on

काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नुभएको छ । विभिन्न पाँच तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बन्नुभएको हो । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौँ उपाधि होडमा प्रवेश गर्नुभएको थियो । प्रकाशले मिस्टर काठमाडौँका लागि एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएवापत छुट्टै १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

अन्य पाँच स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौँका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ केजीमा डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० केजीमा एक्सट्रिम फिट्नेसका चनबहादुर थापा, ६५ केजीमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० केजीमा कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य र ७५ केजीमुनि फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ । ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो प्राप्त गरे । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दि जिम एक्सका रिसब श्रेष्ठ दोस्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेस्रो हुनुभयो ।

पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारीले स्वर्ण जित्नुभयो । पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टिमिटरमाथि नेपाली युथ फिट एन्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, हुनुभयो । पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टिमिटरमुनि अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो हुनुभयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला एथलेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो हुनुभयो । विजेतालाई गृहमन्त्री रमेश लेखक, सङ्घीय सांसद् ठाकुर गैरे, पूर्व प्रदेश मन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थलगायतले पुरस्कार प्रदान गर्नुभयो । एकदिने प्रतियोगितामा दुई सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...