धुमधामका साथ मनाईंदै ‘मोहम्मद डे’

Published on

काठमाडौं । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं शुभ जन्मोत्सव नेपालगन्ज लगायत बाँके जिल्लामा धुमधामका साथ मनाईंदै छ । सो अवसरमा सोमबार विहान ठुलो संख्यामा मुस्लिम धर्मावलम्बीहरुको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगरपरिक्रमा गरेको छ ।

नेपालगन्ज र सो वरिपरिबाट बिभिन्न नाराहरु लिखित प्लेकार्ड तथा ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको ठुलो संख्यामा जुलुसमा सहभागीता रहेको थियो । जुलुसमा सयौं गाडी, ब्याट्री रिक्सा, ट्याक्टर र मोटरसाइकललाई पनि सहभागी गराइएको छ । नगरका विभिन्न स्थानमा मिठाई, फलफुल, पानी, जुस, चिया र अन्य खानेकुरा समेत बितरण गरिंदैछ । जुलुसमा पूर्व मन्त्रीहरु मोहम्मद ईश्तियाक राई, अब्दुल खान, संविधानसभाका सदस्य अब्दुल हमीद सिद्दिकी, प्रतिनिधिसभा र प्रदेशसभाका पूर्व तथा वर्तमान सदस्यहरु, नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, मुस्लिम धर्मगुरुहरु तथा अगुवाहरु लगायत बालबालिका र युवाहरुको सहभागिता रहेको छ । शुभजन्मोत्सव जुलुशले नेपालगन्जका सबै मूख्य भागको परिक्रमा गरि करिब ६ घण्टाको हिँडाईपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन हुनेछ ।

समापनमा मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश र जीवनी बारे आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मुस्लिम अगुवा मोहम्मद हारुनले बताउनुभयो । मुस्लिम समुदायले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरेपनि नेपाल सरकराले समुदायलाई मात्रै विदा दिईएकोमा मुस्लिम अगुवाहरुले दुख व्यक्त गर्नुभएको छ । मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिएपनि समुदायलाई मात्रै विदा दिईएकोमा असन्तुष्टि व्यक्त गर्दै यसले मुस्लिम समुदायको भावनामा चोट लागेको बताउनुभयो । उहाँले तर, पहिलो पटक आधा जति जनसंख्या भएको नेपालगन्ज उपमहानगरले भने नेपालगन्जमा सार्वजनिक विदा दिएकोमा उपमहानगरलाई धन्यवाद दिनुभयो ।

यसैगरि बाँकेको नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले पनि मोहम्मद डे को अवसरमा सोमवार सार्वजनिक विदा दिएको छ । स्थानीय सरकारले विदा घोषणा गरेकोमा बाँकेका तीनवटै पालिकाका मुस्लिमहरुले आभार व्यक्त गरेका छन् । मोहम्मद डे का लागि नेपालगन्ज नगरलाई दुई दिन पहिलेदेखिनै दुलही झै सिंगारिएको छ । जताततै ध्वजा पताका, लाइट र झण्डाले सजाईएको छ । सहरलाई नै रंगिचंगी बनााइएको छ । जन्मोत्सवका अवसरमा आइतवार रातभरी विभिन्न मस्जिद र मदरसामा जाग्राम बसेर धार्मिक प्रार्थनाहरु गरिएका थिए भने राती पनि बिभिन्न स्थानमा छुट्टा छुट्टै जुलुसहरु निकालिएको मुस्लिम अगुवा जुबेर राईले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्...