मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...