मनकामना केबुलकार आजबाट सञ्चालनमा

Published on

काठमाडौं । मनकामना केबलकार आजबाट पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले असार ३१ गतेबाट केबुलकार स्तरोन्नतिको लागि भन्दै २ महिना लामो मर्मत सभ्भारपछि आज मङ्गलबारबाट सञ्चालनमा आएको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई दृष्टिगत गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपन्तरण गर्ने कार्य सम्पन्न भई मनकामना केबुलकार नियमित सुचारु भएको नायब महाप्रबन्धक उज्जल सेरचनको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...