मनकामना केबुलकार आजबाट सञ्चालनमा

Published on

काठमाडौं । मनकामना केबलकार आजबाट पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले असार ३१ गतेबाट केबुलकार स्तरोन्नतिको लागि भन्दै २ महिना लामो मर्मत सभ्भारपछि आज मङ्गलबारबाट सञ्चालनमा आएको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई दृष्टिगत गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपन्तरण गर्ने कार्य सम्पन्न भई मनकामना केबुलकार नियमित सुचारु भएको नायब महाप्रबन्धक उज्जल सेरचनको भनाइ छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...