‘निदानात्मक सेवामा सुधारका पहल भइरहेको छ’

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरु भइरहेको जानकारी दिनुभयो । बिरामी सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री पौडेलले बिरामी सुरक्षाको सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा निरन्तर सुधारका पहलहरु भइरहेको जानकारी दिनुभयो । पहलहरुलाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन उहाँले प्रतिवद्धता गर्नुभयो ।

यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायलाई उहाँले आह्वान गर्नुभयो । बिरामीलाई हुने हानी न्यूनीकरण गर्न बिरामी, स्वास्थ्यकर्मी, तथा नीति निर्मातहरु बिच पारस्पारिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलको ठहर छ । उहाँ भन्नुहुन्छ, “बिरामीको रोगको सहि र सुरक्षित निदान प्रकृयामार्फत निदानात्मक त्रुटिहरुलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उहाँको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता संरक्षण ऐनले समेत बिरामी सुरक्षालाई प्रथमिकतामा राखेको सन्दर्भमा हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘राष्ट्रिय बिरामी सुरक्षा कार्य योजना २०२४–२०३०’ ले यसका लागि थप दिशानिर्देशन गर्ने उहाँको विश्वास छ । बिरामीको रोगको सही निदानात्मक प्रकृयालाई विशेष जोड दिएको, यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको मुल नारा ‘निदानमा सुधार, बिरामी सुधार, बिरामी सुरक्षाको आधार’ रहेको छ । यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत गर्ने उहाँको भनाइ छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...