कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दावी

Published on

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रीत रहने जनाएको छ । नोभेम्बरमा हुने सम्मेलनमा विकासशील देशलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक रकम र रकमको स्रोत निर्धारणमा राष्ट्रहरू सहमत हुने अपेक्षा गरिएको छ तर अहिलेसम्मको औपचारिक वार्ता असहमतिमा टुङ्गिएको छ ।

विभिन्न गतिरोधको बावजुद पनि सम्मेलनका लागि उत्साहित रहेको अजरबैजानले कठिन वार्तालाई “पूरक’’गर्ने आशामा एक दर्जनभन्दा बढी पहलहरू अगाडी सारेको छ । अजरबैजानले यस सन्दर्भमा म्याराथन शिखर सम्मेलनको क्रममा राष्ट्रलाई युद्धविराम गर्न आग्रह गर्ने, जैविक फोहोर र पर्यटन उद्योगबाट हुने मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउने, र विश्वव्यापी ऊर्जा भण्डारणलाई बढावा दिने वाचा गर्ने जस्ता आवश्यक पहल गरेको हो । कोप–२९ मा अजरबैजानले प्रस्ताव गरेको मुख्य एजेन्डामध्ये जलवायु वित्त कोष निर्धारणको लक्ष्य विकासोन्मुख देशहरूका लागि जलवायु परिवर्तनसँग जुध्न जीवाश्म इन्धन उत्पादन गर्ने देश र उद्योगबाट आवश्यक रकम सङ्कलन गर्नु हो ।

जीवाश्म इन्धनमा निर्भर अजरबैजानले “जलवायु वित्त कार्य कोष” मा पहिलो योगदान गर्ने अपेक्षा गरिएको छ । यस वर्ष बाकुमा हुने शिखर सम्मेलनमा विकासशील देशलाई ‘वार्मिङ ग्रह’सँग अनुकूलन गर्न आवश्यक रकम निर्धारण गर्न र उक्त रकम जुटाउन राष्ट्रहरु प्रतिबद्ध हुने अपेक्षा गरिएको छ । राष्ट्रका स्वैच्छिक पहल जस्तै गैर–बाध्यकारी प्रतिज्ञा र प्रतिबद्धता कोप शिखर सम्मेलनका विशेषताहरू हुन् तर यस्ता प्रतिज्ञाहरु संयुक्त राष्ट्रसङ्घको समर्थनमा पक्षबिच सहमतिद्वारा उत्पन्न हुने बाध्यकारी सम्झौताभन्दा फरक छन् । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...