अन्तर वडा फुटसल सुरु

Published on

काठमाडौं । काठमाडौँ, महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिकाले आयोजक वडा नं २३ लाई टाइब्रेकरमा २–१ गोलले हरायो । पहिलो दिन भएका अन्य खेलमा वडा नं २ र वडा नं ६ ले पनि जित हासिल गरे ।

काठमाडौँ महानगरपालिका र वडा नं २३ ले निर्धारीत समयको खेलमा १–१ को बराबरीमा खेलेका थिए । अनुप प्रधानले काठमाडौँ महानगरपालिकालाई अग्रता दिलाउनुभएको थियो । वडा नं २३ का राजीव चित्रकारले बराबरी गोल गर्नुभयो त्यसपछि जित हारको छिनोफानोका लागि भएको पेनाल्टी सुटआउटमा काठमाडौँ महानगरपालिकाले जित हासिल गरी प्रिक्वाटरफाइनलमा स्थान बनाए । सो खेलमा अनुप म्यान अफ दि म्याच बन्नुभयो । दोस्रो खेलमा वडा नं ९ ले वडा नं २७ लाई २–० गोलले हरायो । विजयी टिमका लागि दुवै गोल मिङमा लामा तामाङले गर्नुभयो । मिङमानै म्यान अफ दि म्याच चुनिनुभयो । तेस्रो खेलमा वडा नं ६ ले वडा नं ११ लाई ३–२ गोलले निराश बनायो ।

वडा ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा नं ११ का जनक कोइारला र रितेश महतोले गोल गर्नुभयो । सो खेलमा वडा ६ का केशवले म्यान अफ दि म्याचको पुरस्कार पाउनुभयो । यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...