भारतकी शिल्पा गण्डकीबाट खेल्दै

Published on

काठमाडौं । भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताउनुभएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नु हुनेभएको छ ।

भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो । गण्डकीले उहाँलाई टिममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टिमकी भरपर्दो खेलाडी हुनुहुन्छ । शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योदान गर्नुभएको छ । नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उहाँ महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

२२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेल्नुभएको छ । गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । इडब्ल्यूभीयल असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...