भारतकी शिल्पा गण्डकीबाट खेल्दै

Published on

काठमाडौं । भारतलाई नेपालमा दुई पटक काभा भलिबल जिताउनुभएकी शिल्पा सिन्धुले गण्डकीबाट खेल्नु हुनेभएको छ ।

भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो । गण्डकीले उहाँलाई टिममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टिमकी भरपर्दो खेलाडी हुनुहुन्छ । शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योदान गर्नुभएको छ । नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उहाँ महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

२२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेल्नुभएको छ । गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । इडब्ल्यूभीयल असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...