संविधान दिवसका अवसरमा बेनीमा सरसफाइ

Published on

काठमाडौं । संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाइ गरिएको छ । गत भदौ २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले असोज २ देखि ४ गतेसम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरू गरेर मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बुधबार बिहान करिब ७ः३० बजेदेखि बजार सरसफाइ गरेको हो । जिसस प्रमुख थापा , बेनी नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, सुरक्षाकर्मी, कर्मचारीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

कालिपुल बसपार्कदेखि मंकाखलको भवन कालिगण्डकी नदी र म्याग्दी खोलाको सङ्गम स्थल बेनी दरबाङ बसपार्क सडक हुँदै बजार क्षेत्र सरसफाइ गरिएको छ । जिल्लामा विभिन्न कार्यक्रमहरू गरेर संविधान दिवस २०८१ मनाइने भएको छ । बैठकले असोज २ देखि ४ गतेसम्म सबै सरकारी कार्यालयहरूमा विशेष सरसफाइ गर्ने निर्णय गरेको थियो ।

असोज ३ गते बिहान ७ बजे विरेन्द्रचोकमा जम्मा भई प्रभातफेरी गर्ने र साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ । गाउँपालिकाहरूलाई स्थानीय पालिका प्रमुखको संयोजकत्वको संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम आयोजक समितिमार्फत विभिन्न कार्यक्रम गरिने भएको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय, निकाय, प्रतिष्ठान, सङ्घ संस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २, ३ र ४ गते घरघरमा साँझ दीप प्रज्वलन गरेर संविधान दिवस मनाउने अनुरोध समेत गरिएको छ ।

स्थानीय विद्युतीय तथा छापा सञ्चार माध्यममार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरू उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा मार्फत सञ्चारगृह तथा पत्रकारहरूलाई अनुरोध गरिएको छ । यसैगरी सामाजिक तथा शैक्षिक सङ्घ संस्थाहरूले संविधान दिवस रचनात्मक कार्यक्रमहरू गर्न अनुरोध गरिएको जिससले जनाएको छ ।स्थानीय विद्युतीय तथा छापा सञ्चार माध्यममार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरू उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा मार्फत सञ्चारगृह तथा पत्रकारहरूलाई अनुरोध गरिएको छ । यसैगरी सामाजिक तथा शैक्षिक सङ्घ संस्थाहरूले संविधान दिवस रचनात्मक कार्यक्रमहरू गर्न अनुरोध गरिएको जिससले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...