हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट : नौ जनाको मृत्यु, २८ सय घाइते

Published on

काठमाडौं । लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।

उक्त विस्फोटबाट क्षति बेहोरेको आतङ्कवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ । इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो । मङ्गलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौँ पेजिङ सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए । हेजबुल्लाहले घटनालगतै इजरायललाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन । लेबनानका केही अस्पतालहरूमा हताहतको सङ्ख्या बढेको स्रोतले जनाएको छ ।

इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मङ्लबार घोषणा गरेको थियो । अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो । अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलाबारी गरेको छ । औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकांश लडाकु र सैन्य कर्मचारीसहित सयौँको ज्यान लिएको लिएको छ । हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजरहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो । रासस/एएफपी

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...