सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक

Published on

काठमाडौं । आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम गरिएको छ । इलाम सदरमुकाममा प्रभात फेरि निकालिएको छ । इलामको ठुलो टुँडीखेलबाट निस्किएको प्रभातफेरी बजार परिक्रमा गर्दै चोक बजारमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले नेपालको संविधान परिवर्तनशील भएकाले यसलाई संशोधन गर्दै सबैको अपनत्व हुने किसिमको बनाउनु पर्ने बताउनुभयो ।

पछिल्लो समय विभिन्न दल र राजनीतिक समुहले आफ्नो पहिचानको मुद्दा अघि सार्दै संविधानको विरोध गरिरहेको अवस्थामा सबैको मुद्दालाई सम्बोधन हुनेगरी संविधानलाई साझा बनाउन सकिने जिसस प्रमुख राईको भनाइ थियो । कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहित जिल्लास्थित सुरक्षा निकायका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागीता थियो । संविधान दिवसकै अवसरमा सूर्योदय नगरपालिकामा भने खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । महिला, पुरुष, भेट्रानलगायत फरक–फरक समूहमा कन्यामदेखि फिक्कलसम्म दौड प्रतियोगिता आयोजना गरिएको हो ।

खुला पुरुष दौडमा पाँचथर मिक्लाजुङका रोशन राई प्रथम, दमक नगरपालिकाका सरोज सिंह दोस्रो र मुक्सम लिम्बू तेस्रो हुनुभएको छ । खुला महिला दौडमा मिक्लाजुङ गाउँपालिकाकी पुष्पा शेर्मा लिम्बू प्रथम, सूर्योदय नगरपालिका १२ की अर्चना राई दोस्रो र वर्षा राई तेस्रो हुनुभएको छ । यस्तै पुरुष भेट्रान्सतर्फ सूर्योदय नगरपालिका –११ का अविनारायण अधिकारी प्रथम, आइतमान राई दोस्रो र हेमन्त लावती तेस्रो हुनुभएको छ । दौडमा सूर्योदय नगरप्रमुख रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडाध्यक्षहरू, जनप्रतिनिधि लगायतको सहभागिता थियो । विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, सूर्योदयमा नेपालको संविधानको कार्यान्वयन र यसका चुनौती विषयमा अन्तरक्रिया समेत आयोजना गरिएको छ । संविधान दिवसका अवसरमा इलामका दश वटै स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...