कुहिएको सामान व्यवस्थापन गर्न पचास लाखभन्दा बढी खर्च

Published on

काठमाडौं । पर्सा जिल्लाको सिर्सिया सुक्खा बन्दरगाहको कन्टेनरमा कुहिएर रहेका विभिन्न सामान व्यवस्थापन गर्न ५० लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले परिसरमा राखिएको कन्टेनरका सामान परिसरभित्रको जग्गामा नै व्यवस्थापन गर्नु पर्‍यो भने लगभग दुईदेखि तीन करोड रुपियाँ खर्च हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा त्यति समान बन्दरगाहभित्रै गाड्न वा व्यवस्थापन गाह्रो छ, सम्भव नै छैन । यदि जबरजस्ती गरे भने दुईदेखि तीन करोड रुपियाँसम्म खर्च हुन सक्छ ।”

त्यति धेरै रकम खर्चिनुभन्दा महानगरपालिकालाई नै व्यवस्थापनको जिम्मा दिँदा राम्रो हुने भनेर वीरगन्ज महानगरपालिकासँगको समन्वयमा कुहिएको सामान व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । प्रमुख भन्सार अधिकृत बरुवालले वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग भएको पटक पटकको छलफलले प्रतिकिलो एक रुपियाँ २५ पैसाका दरले कुहिएको सामान महानगरपालिकाले आफ्नो ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने सहमति भएको उहाँले बताउनुभयो । यसका लागि चाहिने बजेटको व्यवस्थापन गर्न भन्सार विभागसँगको समन्वयमा प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्सारस्थित परिसरमा थन्किएर बसेका ३०४ वटा कन्टेनर लिलाम प्रक्रियामा लगिएको र त्यसमध्ये २१७ कन्टेनरको लिलाम हुन नसकेको बताउनुभयो । लिलाम नभएका कुहिएका लगभग ४३ लाख ४० हजार केजी समान व्यवस्थापन गर्नुपर्ने भएको जानकारी दिनुभयो ।

कोरोनाकालको अघिपछि आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको समान बन्दरगाहभित्र थन्किएको थियो । लामो समयसम्म आयातकर्ताले जाँचपास गरी लैजान नआएपछि लिलामी प्रक्रियामा लगिएको थियो तर लिलाम पनि नभएपछि त्यसलाई गाड्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । कुहिएका सामानमध्ये धैरै जसो खाद्यान्न रहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...