लोकतन्त्रमा आफ्नो स्थान खोजे दलितले

Published on

काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ रु संविधान आयो दलितलाई खोइ रु’ जस्ता प्रश्न गर्दै राज्यको ध्यानाकर्षण गराउने कोसिस गरेको छ । संविधान दिवसमा मात्र होइन, राजनीतिक नियुक्तिमा दलित खोइ रु भन्ने प्रश्न पनि उनीहरूले गर्दै आएका छन् । विगत ४५ दिनदेखि माइतीघर मण्डलामा फलामे सिक्रीमा बाँधिएर धर्नामा बसेको दलितका लागि दलित अभियान नेपालले संविधान दिवसका अवसरमा जनप्रदर्शनसहित संविधान कार्यान्वयन र मानव अधिकारको प्रत्याभूतिको पनि माग गरेको छ ।

संयोजक खगेन्द्र सुनारसहितका युवाले चलाइरहेको ‘दलितलाई खोइ रु’ अभियानले माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म जनप्रदर्शनसहित कोण सभा गरेको हो । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बहिष्करण गरिएको भन्दै युवाले सडकधर्ना सुरु गरेका थिए ।

‘दलितलाई खोइ रु’ लेखिएको ब्यानरमा आन्दोलन गरिरहेका दलित युवाले सरकार र राजनीतिक नियुक्तिमा दलितको समानुपातिक समावेशीको माग गरेका छन् । मन्त्रीपरिषद्मा क्याबिनेट मन्त्रीमा दलितलाई नसमेटिएको र सरकारले १८ जना राजदूत नियुक्तिको सिफारिस गर्दा एक जना पनि दलित नपारिएपछि अभियानले मण्डलमा सडकधर्ना गर्दै आएको थियो । अभियानका संयोजक सुनारले भन्नुभयो, “लोकतन्त्र आयो दलितलाई खोइ रु नयाँ सरकार आयो दलितलाई खोइ रु दलितका अधिकार कटौती गर्न पाइँदैन । सरकारमा र राजदूत नियुक्तिमा दलितको समानुपातिक सहभागिता हुनु पर्छ ।” बिहीबारको आन्दोलनमा बाग्लुङ, रुपन्देही, जाजरकोट, सुर्खेत, दैलख, बाँकेलगायतका ६० जिल्लाका दलित समुदायको सहभागिता रहेको सहसंयोजक रेम रसाइलीले जानकरी दिनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...