लोकतन्त्रमा आफ्नो स्थान खोजे दलितले

Published on

काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ रु संविधान आयो दलितलाई खोइ रु’ जस्ता प्रश्न गर्दै राज्यको ध्यानाकर्षण गराउने कोसिस गरेको छ । संविधान दिवसमा मात्र होइन, राजनीतिक नियुक्तिमा दलित खोइ रु भन्ने प्रश्न पनि उनीहरूले गर्दै आएका छन् । विगत ४५ दिनदेखि माइतीघर मण्डलामा फलामे सिक्रीमा बाँधिएर धर्नामा बसेको दलितका लागि दलित अभियान नेपालले संविधान दिवसका अवसरमा जनप्रदर्शनसहित संविधान कार्यान्वयन र मानव अधिकारको प्रत्याभूतिको पनि माग गरेको छ ।

संयोजक खगेन्द्र सुनारसहितका युवाले चलाइरहेको ‘दलितलाई खोइ रु’ अभियानले माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म जनप्रदर्शनसहित कोण सभा गरेको हो । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बहिष्करण गरिएको भन्दै युवाले सडकधर्ना सुरु गरेका थिए ।

‘दलितलाई खोइ रु’ लेखिएको ब्यानरमा आन्दोलन गरिरहेका दलित युवाले सरकार र राजनीतिक नियुक्तिमा दलितको समानुपातिक समावेशीको माग गरेका छन् । मन्त्रीपरिषद्मा क्याबिनेट मन्त्रीमा दलितलाई नसमेटिएको र सरकारले १८ जना राजदूत नियुक्तिको सिफारिस गर्दा एक जना पनि दलित नपारिएपछि अभियानले मण्डलमा सडकधर्ना गर्दै आएको थियो । अभियानका संयोजक सुनारले भन्नुभयो, “लोकतन्त्र आयो दलितलाई खोइ रु नयाँ सरकार आयो दलितलाई खोइ रु दलितका अधिकार कटौती गर्न पाइँदैन । सरकारमा र राजदूत नियुक्तिमा दलितको समानुपातिक सहभागिता हुनु पर्छ ।” बिहीबारको आन्दोलनमा बाग्लुङ, रुपन्देही, जाजरकोट, सुर्खेत, दैलख, बाँकेलगायतका ६० जिल्लाका दलित समुदायको सहभागिता रहेको सहसंयोजक रेम रसाइलीले जानकरी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...