जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान

Published on

काठमाडौं । जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा शुक्रबार काठमाडौँमा आयोजित र्‍यालीसहितको कोणसभाका सहभागीले जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको प्रत्यक्ष असर झेल्नुपरेको गुनासो गरे । महासङ्घका अध्यक्ष सणीता लामाले भन्नुभयो, “विकसित देशले ठूला आणविक भट्टी सञ्चालन गर्दा, खनिज पदार्थको दोहन गर्दा जलवायुमा असर परेको छ । यसको नकारात्मक परिणाम अल्पविकसित र विकसित राष्ट्रले बेहोर्नुपरेको छ । हरित ग्यास उत्सर्जन गरेबापत उनीहरूले क्षतिपूर्ति दिने प्रतिबद्धता गर्छन् तर त्यसको कार्यान्वयन नहुँदा श्रमिक र गरिब वर्ग मर्कामा परेका छन् ।”

उहाँले जलवायु परिवर्तनले तापक्रम वृद्धि हुने, अल्पवृष्टि र अनावृष्टि हुनेजस्ता समस्या निम्तिएको र यसले कृषिलगायत विविध क्षेत्रमा श्रमिकको रोजीरोटी खोसिएको तथा गरिबी, बेरोजगारीका कारण युवा पलायन भइरहेको दाबी गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा नेपालका हिमालका हिमशृङ्खला पग्लिएर काला पहाड बन्ने खतरा बढेको तर्क गर्नुभयो । उहाँले खेतिपातीलगायत हरेक क्षेत्रमा देखिएको असर न्यूनीकरणका लागि विकसित देशले जलवायु असरमा शून्य भूमिका खेल्ने नेपाललाई क्षतिपूर्ति दिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले कोपनहेगनमा २०२४ मा भएको जलवायुसम्बन्धी सम्मेलनमा विकसित देशले गरेको प्रतिबद्धताको पूर्ण पालनाका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कडा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कृषिमा आधारित नेपालजस्तो देशलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि त्यस्ता देशले चर्को ब्याजमा ऋण उपलब्ध गराएर ऋणको भार बोकाइरहेको दाबी गर्नुभयो । महासङ्घका महासचिव कमला तामाङले जलवायु परिवर्तनले तापक्रममा वृद्धि हुँदा हिमालको हिउँ पग्लने र हिमताल फुट्ने जोखिमले नेपालको मानव सभ्यतै खतरामा रहेको जोखिम औँल्याउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...