मदन भण्डारी स्मृति प्रतिष्ठानको प्रगति अविस्मरणीय : सभामुख

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिकुल राजनीतिका कारण मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय खोल्न नसकिएको बताउनुभएको छ ।

मोरङको उर्लाबारी –३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २३ ओैं वार्षिक साधारणसभाको उदघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सभामुख घिमिरेले प्रतिकुल अवस्थामा स्थापना भएको प्रतिष्ठानले अनुकुलता कायम गर्दै शैक्षिक क्षेत्रमा गरेको प्रगति अविस्मरणीय रहेको बताउनुभयो । पछिल्लो समय नर्सिङ शिक्षा अध्यापनमा आएको समस्या र इन्जिनियरिङको सम्बन्धनमा आएको अडचन समाधान गरेर अघि बढ्नु पर्नेमा जोडदिँदै उहाँले कानुनी अप्ठ्यारा फुकाउन आफूले सहयोग गर्ने बताउनुभयो ।

सर्वसाधारणको पहुँचमा सुलभ ढंगले रोजगार दिनसक्ने दक्ष जनशक्ति उत्पादनमा मदन प्रतिष्ठानको भूमिका उच्च रहेको उल्लेख गर्दै सभामुख घिमिरेले मदन भण्डारीको बिचारमा आधारित शिक्षाले स्वरोजगार बन्न र समृद्ध समाज निर्माण गर्नसक्ने बताउनुभयो । सभामुख घिमिरेले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि ऐन, कानुन निर्माणमा सहयोग गर्ने बताउँदै अब प्रतिष्ठानले सैद्धान्तिक कक्षा पनि सुरु गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओेलीको सभापतित्वमा भएको साधारणसभामा संविधानसभा सदस्य दीपक कार्कीले स्वागत मन्तब्य गर्नुभएको थियो । प्रतिष्ठानले गत वर्ष विभिन्न विषयमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा एमएस्सी सिएमका राजु अन्सारी, बिई सिभिलका रोमन बराल, बिई कम्प्युटरका भुवन घिमिरे र कविराज भण्डारी, डिप्लोमा बाली विज्ञानमा भुमिका खतिवडा, पशु विज्ञानमा मनिष स्याङ्वो तामाङ र सामान्य चिकित्सामा साहिल खान पुरस्कृत हुनुभयो । यस्तै, डिप्लोमा इन सिभिल इन्जिनियरिङमा प्रकृति ढकाल, एलपीएच भेटेरेनरीमा दिलबहादुर कोइराला, पिसिएल नर्सिङमा मनिषा कार्की पुरस्कृत हुनुभयो । यसैगरी प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङमा भावना वास्तोला र प्रियङ्काकुमारी दास हुनुहुन्छ । उहाँहरूलाई सभामुख घिमिरेले मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा नगरपालिका महासंघ कोशी प्रदेश अध्यक्ष दिलप्रसाद राई, उर्लाबारीकी उपमेयर मीना खतिवडा, प्रतिष्ठानका निर्देशक प्रा। विनोद अर्याललगायतले बोल्नु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...