सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको खमेनीको घोषणा

Published on

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नु भएको छ ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताउनु भएको छ । उहाँले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाउनु भएको हो ।

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भन्नुभयो “ सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन,जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।” सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताउनु भएको छ ।

उहाँल सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताउनुभएको छ ।

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उहाँले उल्लेख गर्नु भएको छ ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ ।

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्देपी इजरायलले भने हाल सम्म घटनाको जिम्मेवारी लिएको छैन । रासस/एएफपी

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...