प्रधानमन्त्री कप : कोशीमाथि पुलिसको सानदार जित

Published on

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा कप्तान आरिफ शेख र रसिख खानले अविजित अर्धशतकीय इनिङ्स बनाउनुभयो । पाँचौँ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गर्नुभएका रसिदले अविजित ७३ र छैटौँ नम्बरमा प्रवेश गर्नुभएका आरिफले अविजित ८१ रन बनाउनुभयो ।

रसिदले ९० बलमा आठ चौका र एक छक्का हान्नुभयो । यस्तै आरिफले ७९ बलमा ११ चौका र एक छक्का हान्नुभएको थियो । पुलिसका सुरुवाती चार ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर दिनेश खरेल दुई रनमा आउट हुँदा अन्य तीन ब्याट्सम्यान शुन्य रनमा पेभेलियन फर्किएका थिए । बलिङमा कोशीका विपिन महतोले दुई तथा दिपेश कँडेलले एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको कोशीले ४२.५ ओभरका सबै विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाउनुभचयो । यस्तै ओपनर सुमन श्रेष्ठले ४३, अंकित सुवेदीले २६ र सिवास वजगाईंले १५ रन बनाउनुभयो ।

बलिङमा पुलिसका दिनेश खरेलले पाँच विकेट लिनुभयो । ललित राजवंशी र सागर ढकालले दुई दुई विकेट लिनुभयो । जितसँगै पाँच खेलबाट सात पुलिसले अङ्क बनाएको पुलिस शीर्षस्थानका उक्लिएको छ । समान खेलबाट एक अङ्क बनाएको कोशी अन्तिममा छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मधेश र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीको पनि समान सात सात अङ्क छ । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...