बाढीपहिरोबाट १७० वटा विद्यालयमा क्षति

Published on

काठमााडौं । अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकले असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण जिल्लामा १३ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको जनाएको हो । इकाई प्रमुख देवका ढकालले स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा बाढीपहिरोका कारण १७० वटा विद्यालयमा क्षति पुगेको बताउनुभयो । उहाँले जिल्लाका १७० वटा विद्यालयमा क्षति भएको तथ्याङ्क उपलब्ध भए पनि अझै पनि कतिपय विद्यालयको छुटेको हुन सक्ने भएकाले आ–आफ्नो स्थानीय तहमा रहेका विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको बताउनुभयो ।

“कार्यालयमा प्राप्त भएको तथ्याङ्क अनुसार धेरै जसो विद्यालय पूर्ण रूपमा क्षति, केही विद्यालयमा छाना खस्ने, विद्यालयको घेरा पर्खाल, घेरावार, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेकोलगायतको विवरण प्राप्त भएको छ” इकाई प्रमुख ढकालले भन्नुभयो । उहाँले अहिले विद्यालयहरूमा दसैँ तिहारको बिदा भएकाले तिहारपछि विद्यालयमा पठनपाठन सुरु हुने समयसम्म क्षति भएका विद्यालयहरूमा नियमित पठनपाठन गराउने वातावरण बनाउनका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।

“अहिले हामी कार्यालयमा आएको क्षति भएका विद्यालयहरूको तथ्याङ्क विश्लेषण गर्ने काम गरिरहेका छौँ, स्थानीय तहहरूले बाढीपहिरोबाट क्षति भएका विद्यालयहरूको तथ्याङ्क एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९आइईएमआइएस० मा अपलोड गरे पनि कुन विद्यालयमा कति टिएलसी ९अस्थायी सिकाई केन्द्र० निर्माण गर्नुपर्ने, अन्य के के पूर्वाधार निर्माण गर्नुपर्ने भन्ने विषयमा जानकारी हुनेछ” इकाई प्रमुख ढकालले थप्नुभयो । उहाँले बाढीपहिरोका कारण जिल्लाको पनौती नगरपालिकामा १५ वटा विद्यालय, बनेपा नगरपालिकामा तीन वटा विद्यालय, पाँचखाल नगरपालिकामा १२ वटा विद्यालय, मण्डनदेउपुर नगरपालिकामा नौ वटा विद्यालय, धुलिखेल नगरपालिकामा रहेका २८ वटा विद्यालय र नमोबुद्ध नगरपालिकामा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ ।

त्यसैगरी जिल्लाको भुम्लु गाउँपालिकामा रहेका दश वटा वटा विद्यालय, चौरीदेउराली गाउँपालिकामा रहेका २८ वटा विद्यालय, तेमाल गाउँपालिकामा रहेका सात वटा विद्यालय, रोसी गाउँपालिकामा रहेका १३ वटा विद्यालय, खानीखोला गाउँपालिकामा रहेका चार वटा विद्यालय र बेथानचोक गाउँपालिकामा रहेका २६ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकले जनाएको छ । बाढीपहिरोले विद्यालयको भवन, शौचालय, खानेपानी, खेलकुद मैदान, घेराबार, कक्षाकोठामा क्षति गरेको हो । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...