प्रदेश लोक सेवा आयोग अध्यक्षमा श्रेष्ठ नियुक्त

Published on

काठमाण्डौं । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गरिएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

आयोग अध्यक्षमा नियुक्त श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशकमा कार्यरत रहनुभएको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा ९१० बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा ९२० बमोजिम नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व० विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ । श्रेष्ठलाई आयोग अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेसँगै आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश लोक सेवा आयोगको अध्यक्षमा आफूभन्दा कनिष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाउँदै ढकालले आयोगको सदस्यबाट शुक्रबार राजीनामा दिनुभएको हो । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोग सदस्य ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार नै राजीनामा बुझाउनुभएको जनाएको छ । आयोग सदस्य ढकालले आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्षमा नियुक्ति गरेकोले सदस्य पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । उहाँले यसअघि नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएकालाई आयोगको अध्यक्षमा नियुक्ति गरिएकोमा अहिले सहसचिव तहका व्यक्तिलाई आयोग अध्यक्ष बनाएकोले राजीनामा दिएको बताउनुभयो । आयोगको अध्यक्ष गत चैतबाट रिक्त रहेको थियो । गोरखापत्र

ताजा समाचार

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...

‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’

काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगतमा चिनाउन सहयोग गर्ने...