रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय

Published on

काठमाण्डौं । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ । सन् २००० को अप्रिलमा इस्लामिक अतिवादी समूह अबु सयैफका सदस्यहरूले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई देखाएर अपहरण गरेका थिए ।

मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जङ्गलमा बन्धक बनाइएका ती बन्धकहरूले लाखौं डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए । यसरी बन्धक बनाइएकाहरूमा फिलिपिन्स, फिनल्याण्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक थिए । न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो ।

गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए । एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ । दोषी ठहरिएका दुई जना हिलारियन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।

सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग ‘सम्बन्ध’ र आइएससँग सम्बन्धित लडाकू समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो । सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागू हुनुभन्दा पहिले नै को घटनाका अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने बताइएको छ । अभियुक्तहरूलाई २१ जना पीडितहरूलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिको लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...