रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय

Published on

काठमाण्डौं । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ । सन् २००० को अप्रिलमा इस्लामिक अतिवादी समूह अबु सयैफका सदस्यहरूले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई देखाएर अपहरण गरेका थिए ।

मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जङ्गलमा बन्धक बनाइएका ती बन्धकहरूले लाखौं डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए । यसरी बन्धक बनाइएकाहरूमा फिलिपिन्स, फिनल्याण्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक थिए । न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो ।

गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए । एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ । दोषी ठहरिएका दुई जना हिलारियन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।

सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग ‘सम्बन्ध’ र आइएससँग सम्बन्धित लडाकू समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो । सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागू हुनुभन्दा पहिले नै को घटनाका अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने बताइएको छ । अभियुक्तहरूलाई २१ जना पीडितहरूलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिको लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...