बाँकेमा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

Published on

काठमाण्डौँ । बाँके जिल्लामा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । सुरुदेखिनै अनुकूल मौसम र समयमा रोपाइँ भएकाले यस वर्ष विगतभन्दा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धानको उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । उहाँले अहिले धान भित्र्याउने कार्य तिव्र रुपमा भइरहकोले उत्पादनको तथ्याङ्क आउन केही समय लाग्ने भएपनि गत वर्षभन्दा करिब १५ प्रतिशत उत्पादन बृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।

धानको उत्पादन मापन गर्न ‘क्रस कटिङ’को विधि अनुसार तथ्याङ्क आउनुपर्ने जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरेले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । “हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उहाँले थप्नुभयो । जिल्लाको ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । सो अनुसार यस वर्ष बाँके जिल्लामा १ लाख ५० हजार ५०० मेट्रिकटन भन्दा बढी धान उत्पादन हुनेछ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने देखिएको बताउनुभयो । उहाँले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने निश्चित रहेको जनाउनुभयो । उत्पादन बढ्ने देखिएपछि किसानहरु निकै खुशी देखिएका छन् । जिल्लाका अधिकांश किसानले सरकारले समयमै राम्रो मूल्य निर्धारण गरेर धान खरिद गर्नु पर्नेमा जोड दिएका छन् । उनिहरुले सरकारले धान खरिदमा ढिलाई गर्दा किसानले बाध्य भएर ब्यापारीलाई सस्तोमा धान बिक्रि गर्नु परेको गुनासो गरेका छन् । गोरखापत्र

ताजा समाचार

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...