अफगानिस्तानमा विस्फोट : तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

Published on

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रान्तको कारा बाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ । विस्फोट हुँदा तीनजना बच्चाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुदी सुरुङ र विस्फोटक अवशेषको विस्पोटमा कुल २९२ जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्फोटले अधिकांश बालबालिकासहित दर्जनौँ मानिस आकस्मिक रुपमा मृत्यु तथा अपाङ्गताको सिकार हुन बाध्य छन् । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...