घटालथानको निर्माण अलपत्र

Published on

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षणको केन्द्रबिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो । घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थालेपछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथानमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएको थियो ।

पछिल्ला वर्षहरुमा भने बजेट नआउँदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अविरल वर्षापछि डोटी खोलामा बाढी आउदा ड्याम, शौचालय र प्राचिन नौलालगायतका भौतिक पूर्वाधारका संरचनामा क्षति पुगाएको छ । अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैंकको सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो । तर पर्याप्त बजेट नहुँदा योजना अनुसार काम पूर्ण रुपमा हुन सकेको थिएन । पछिल्ला वर्षहरुमा बजेट घट्दै गएका कारण कामले तीव्रता पाउन सकेको थिएन । यस वर्ष झन बाढीले क्षति पुगाएपछि पुनर्निर्माण गर्न आवश्यक बजेट नभएको उहाँले बताउनुभयो ।

डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाई डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उहाँले भन्नुभयो, केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो । तर योजना अनुसार सबै काम हुन सकेको थिएन । अधुरो रहेको काम पुरा गर्न सम्बन्धित मन्त्रालयहरुमा धाइरहेको नगर प्रमुख जोशीले बताउनुभयो । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...