घटालथानको निर्माण अलपत्र

Published on

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षणको केन्द्रबिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो । घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थालेपछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथानमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएको थियो ।

पछिल्ला वर्षहरुमा भने बजेट नआउँदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अविरल वर्षापछि डोटी खोलामा बाढी आउदा ड्याम, शौचालय र प्राचिन नौलालगायतका भौतिक पूर्वाधारका संरचनामा क्षति पुगाएको छ । अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैंकको सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो । तर पर्याप्त बजेट नहुँदा योजना अनुसार काम पूर्ण रुपमा हुन सकेको थिएन । पछिल्ला वर्षहरुमा बजेट घट्दै गएका कारण कामले तीव्रता पाउन सकेको थिएन । यस वर्ष झन बाढीले क्षति पुगाएपछि पुनर्निर्माण गर्न आवश्यक बजेट नभएको उहाँले बताउनुभयो ।

डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाई डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उहाँले भन्नुभयो, केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो । तर योजना अनुसार सबै काम हुन सकेको थिएन । अधुरो रहेको काम पुरा गर्न सम्बन्धित मन्त्रालयहरुमा धाइरहेको नगर प्रमुख जोशीले बताउनुभयो । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...