चीनले गर्‍यो नयाँ रिमोट सेन्सिङ स्याटेलाइटको प्रक्षेपण

Published on

काठमाण्डौँ । चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन–४३ ०३ समूहका उपग्रहहरूलाई बिहान ९ः०९ बजे ९बेइजिङ समय० दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको र पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको थियो । तिनीहरू मुख्यतया कम–कक्षा तारामण्डलहरूका लागि नयाँ प्रविधिहरूमा परीक्षणहरूको लागि प्रयोग गरिनेछ । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५४२ औँ उडान अभियान थियो । रासस/सिन्ह्वा

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...