सशस्त्र प्रहरीलाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छः गृहमन्त्री लेखक

Published on

काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनुभयो ।

‘‘सशस्त्र प्रहरी बल, नेपाललाई सिमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरु हाम्रा साझा जिम्मेवारीहरु हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भएमात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ ।’’ उहाँले दीक्षित प्रहरीहरुलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोँच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रुपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यवसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’’ उहाँले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने भन्दै राष्ट्र सेवामा जोश र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...