आजका लागी विदेशी मुद्राको विनिमय दर

Published on

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ २६ र बिक्रीदर एक सय ७५ रुपियाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ६७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ११ पैसा र बिक्रीदर ८८ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३९ पैसा र बिक्रीदर ९६ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ९८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपियाँ ७९ पैसा र बिक्रीदर आठ रुपियाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५४ पैसा र बिक्रीदर १२ रुपियाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २७ पैसा र बिक्रीदर १७ रुपियाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ६२ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...