जजिराको उडानसँगै एकैसाथ तिन अन्तर्राष्ट्रिय उडान गौतम बुद्ध विमानस्थलबाट

Published on

काठमाण्डौँ । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ । बिहान ७ बजेर ४० मिनेटमा जजिरा एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगैं जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो ।

सञ्चालनमा आएको दुई वर्षपछि जजिराले पुनः उडान सुरु गरेपछि विमानस्थलमा शनिबार उत्सवको माहौल बनेको छ । शनिबार एकै दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दै छन् । विमानस्थल व्यवस्थापनले शनिबारलाई विशेष दिनका रूपमा लिएको जनाएको छ । एकै दिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको छ । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिवार मध्यान्हबाट फ्लाई दुबईले उडान थाल्दै छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने उहाँले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

महाप्रबन्धक तिवारीका अनुसार नेपाल एयरलाइन्सले शनिबार साँझबाट काठमाडौँ–भैरहवा–दुबई उडान सुरु गर्न लागेको छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौँबाट राति १०.२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ । गत भाइटिकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्यान्ह दोस्रो पटक यहाँ अवतरण गरेको थियो । शुक्रबार थाई एयर एसियाको विमान ७ यात्रु बोकेर आएको थियो । यहाँबाट ३२ यात्रु लिएर फर्किएको थियो । आउने साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...