गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत

Published on

काठमाण्डौँ । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताउनुभएको छ । उहाँले गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औँल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी क्षेत्र खाली उद्देश्यले प्यालेस्टिनीको आर्थिक स्रोतलाई जानाजानी लक्षित गरिरहेको बताउनु भएको छ ।

उत्तरी गाजामा प्रवेश गर्न गत अक्टोबर–७ देखि संयुक्त राष्ट्रका एजेन्सीहरूले भोग्नुपरेको कष्टलाई उल्लेख गर्दै उहाँले गाजा पूर्ण रूपमा नष्ट भएको क्षेत्रमा परिणत भएको उल्लेख गर्नु भएको हो । गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ४३ हजार ५०८ पुग्नुका साथै एक लाख दुई हजार ६८४ जना घाइते भएको घोषणा गरेको छ । रासस/क्यूएनए

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...