फेरी म्याद थपका लागि रविलाई लगियो अदालत

Published on

काठमाण्डौँ । रवि लामिछानेलाई प्रहरी हिरासतमा राखेर म्याद थपका लागि आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । लामिछानेलाई म्याद थप गर्न लागेको यो चौथो पटक हो । न्यायाधीश नवराज दाहालको इजलासमा रविको मुद्दा रहेको छ । पोखरा सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको आरोपमा कार्तिक २ गते पक्राउ परेका रविलाई कार्तिक १४ गतेबाट लागू हुने गरी १० दिनको म्याद थप कार्तिक २० गते गरिएको थियो । पहिलो पटक ६ दिनको, दोस्रो पटक ७ दिनको म्याद थप लामिछानेलाई गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रविसहित पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता पछाईं र नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धिकरणको अभियोेगमा अनुसन्धान जारी छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...