निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

Published on

काठमाण्डौँ । अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुुभयो । चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो । रासस

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...