कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै

Published on

बाठमाण्डौँ । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दर्ता गरेको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीबाट रुपमती डंगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएको थियो । जिल्ला समन्वय समिति कैलालीमा नेपाली काँग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेपछि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जिसस कैलालीको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरिएको भएपनि पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कैलालीमा २५ वटा भोट मात्र हो । १३ भोटले विजयी हुन्छ, कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टी ठुलो दल हो । गठबन्धनका कारण उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हौं । हामी पनि गठबन्धन सरकारमा छौं ।’ उम्मेदवारी फिर्ता लिने सहमति भएको नागरीक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिनुभयो । बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ । उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्तिले फिर्ता लिएपछि काँग्रेसका उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु हुनेछ ।

भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो । भुलको समर्थकमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी रहनुभएको छ । प्रस्तावकमा धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला राना थारु हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...