मन्त्री हेरफेरको कुरा हल्ला मात्रै: मन्त्री लेखक

Published on

काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको बताउनुभएको छ । आज धनगढीमा नेपाल प्रेस युनियन कैलालीले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमै बनेको सरकारमा मन्त्री हेरफेर गर्ने कुरा अहिलेसम्म हल्ला भएको बताउनुभएको हो । मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि आजको समयसम्म त्यसबारे मन्त्रिपरिषद्मा कुनै कुरा नउठेको उहाँको भनाइ छ । गृहमन्त्री लेखकले भननुभयो,‘सरकार गठन भएकै हुँदैन सरकार ढल्छ भन्ने हल्ला र बेलाबेलामा मन्त्री हेरफेर हुन्छ भन्ने हल्ला एक थरीले चलाइरहन्छन्, त्यसकारण अहिले नै त्यस्तो मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयोे, ‘अहिले प्रधानमन्त्री चीन भ्रमणमा जानुहुन्छ, त्यसपछि मित्रराष्ट्र भारत जानुहुन्छ । यसले गठबन्धन ढल्ने तथा सरकारै परिवर्तन हुने कुरामा खासै महत्व राख्दैन ।’ बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भएपनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘बीआरआईमा अनुदान लिने, तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय हो ।’

मन्त्री लेखकले आफ्नो गृह जिल्ला कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो,‘निर्मला हत्याको घटना लामो समय भइसक्यो, अनुसन्धान जारी रहन्छ । गृहमन्त्री लेखक केहि दिनअघि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षागोष्ठीमा सहभागि हुन सुदूरपश्चिम आउनुभएको थियो । गोरखापत्र

ताजा समाचार

भारतमा विद्यालय बन्द हुने कारण बन्यो वायु प्रदूषण

काठमाण्डौँ । दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयहरु बन्द भएका छन् । परिस्थिति एकदमै खराब...

माओवादीका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित

काठमाण्डौँ । नेकपा माओवादीले रुकुम पूर्वमा खाता खोल्न सफल रहेको छ । कांग्रेस र...

कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै

बाठमाण्डौँ । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले...

ताल भाडामा लिएर माछा र सिङ्गडा खेती

काठमाण्डौँ । बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग...