लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको गुम्यो ज्यान

Published on

काठमाडौँ । डिएचएल कार्गो विमान दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । उक्त विमान जर्मनीबाट लिथुआनिया उडेको थियो । सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै विमान दुर्घटना भएको हो । भिल्नियसको विमानस्थलमा अवतरण गर्ने क्रममा केही दूरी टाढै विमान दुर्घटना भएको हो । चालक मध्ये एक जनाको ज्यान गएको त्यहाँका अग्नि नियन्त्रक तथा आपत्कालीन सेवा इकाईका प्रमुखले बताएका छन् । उहाँका अनुसार दुर्घटनाका बेला एक घरमा आगो पनि लागेको थियो । राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबै सदस्यहरुको उद्धार गरिएको बताउनुभएको छ । डिएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गर्नुभएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...