लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको गुम्यो ज्यान

Published on

काठमाडौँ । डिएचएल कार्गो विमान दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । उक्त विमान जर्मनीबाट लिथुआनिया उडेको थियो । सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै विमान दुर्घटना भएको हो । भिल्नियसको विमानस्थलमा अवतरण गर्ने क्रममा केही दूरी टाढै विमान दुर्घटना भएको हो । चालक मध्ये एक जनाको ज्यान गएको त्यहाँका अग्नि नियन्त्रक तथा आपत्कालीन सेवा इकाईका प्रमुखले बताएका छन् । उहाँका अनुसार दुर्घटनाका बेला एक घरमा आगो पनि लागेको थियो । राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबै सदस्यहरुको उद्धार गरिएको बताउनुभएको छ । डिएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गर्नुभएको छ । रासस/एएफपी

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...