‘दक्षिणी लेबनानमा सेनाको उपस्थिति सुदृढ पार्छौं’

Published on

काठमाडौँ । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताउनुभएको छ । इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्नुभयो । युद्धविरामको पहिलो दिनमा मन्त्रिपरिषद् बैठकपछि मिकातीले लेबनानी सरकार संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई सबै प्रावधानहरूमा लागू गर्न प्रतिबद्ध रहेको बताउनुभयो । युद्धविराम सम्झौताअनुसार लेबनानी सेनाले आउँदो ६० दिनभित्र आफ्नो क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताउनुभयो । (सिन्ह्वा)

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...