राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

Published on

काठमाडौँ । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने समझदारी भएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबीच आज उक्त समझदारीपत्र आदानप्रदान भएको हो । समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासका लागि सहकार्य गर्ने उल्लेख छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा विन्जाओका मिडिया ग्रुपका निर्देशक जिङ्युआनले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्‍याउनमा महत्वपूर्ण भूमिका खेल्ने र दुवै देशबीच भएको मिडियासम्बन्धी सम्झौतालाई पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समझदारीले फोटो तथा समाचारको माध्यमबाट दुई संस्थाको मित्रतालाई स्थापित गर्न सहयोग पुग्नुका साथै दुई देशबिचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय मिडिया हाउससँग सहकार्य गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उक्त कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ् उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मालगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको उपस्थिति थियो । राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो सङ्ग्रहालय र टेलिभिजन प्रसारणको अवलोकन गराएका थिए । विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एपमार्फत समाचार सङ्कलन, वितरण तथा प्रसारण गर्दै आएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...