नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग

Published on

काठमाडौँ । नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनलाई आगामी दिनमा ‘ब्ल्याक सी’मा रूसी नौसैनिक बललाई रोक्न थप सहयोगको खाँचो छ । युक्रेनी जनता र युक्रेनी पूर्वाधारलाई रूसको ‘ब्ल्याक सी’ क्षेत्रको आक्रमणबाट जोगाउन आवश्यक छ ।”

“युक्रेनका लागि महत्त्वपूर्ण राजस्व सङ्कलन गर्ने अन्न र अन्य उत्पादनहरूको समुद्रद्वारा निर्यातको रक्षा गर्नु पनि महत्त्वपूर्ण छ,” स्टोरले थप्नुभयो । सरकारका अनुसार सन् २०२५ मा सामुद्रिक तालिम र अन्य उपायका लागि १० करोड क्रोनर छुट्याइएको थियो र अहिले २ अर्ब ६० करोड क्रोनरको नयाँ प्याकेज स्वीकृत भएको छ । उक्त सहयोगअन्तर्गत नर्वेजियन सशस्त्र बलबाट प्राप्त अनुदानका साथै उद्योगबाट अनुदानका लागि खरिद गरिएका सैन्य उपकरणहरू पनि समावेश हुने सरकारले जनाएको छ ।

रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामले भन्नुभयो, “खानीले समुद्री सुरक्षा र ‘ब्ल्याक सी’मा सुरक्षित मार्गका लागि महत्वपूर्ण खतरा उत्पन्न गरेको छ ।” “हामीले प्रदान गरिरहेका प्रणालीहरूले युक्रेनी सेनाको समुद्री तटमा रहेका खानीहरू पत्ता लगाउन र निष्क्रिय गर्न सक्ने क्षमता बढाउनेछ,” ग्रामले भन्नुभयो । सन् २०२३ को डिसेम्बरमा सुरु भएको युक्रेनका लागि सामुद्रिक क्षमता गठबन्धनको नेतृत्व नर्वे र बेलायतले गरिरहेका छन् र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले सोमबार नर्वेको भ्रमण गरेपछि नयाँ समर्थन प्याकेजको घोषणा गरिएको हो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...