ग्रीसमा डुङ्गा दुर्घटनामा चार जना पाकिस्तानीको मृत्यु

Published on

काठमाडौँ । दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गर्नुभएको छ ।

बलोचले सोमबार भन्नुभयो,“हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीक अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुङ्गा पल्टिने घटनाहरूमा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीक अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।”

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुङ्गा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो । सन् २०११ देखि ग्रीस अनियमित आप्रवासी र युरोपेली युनियन(इर्यु) प्रवेश गर्न प्रयास गर्ने शरणार्थीहरूको लागि प्रमुख प्रवेश बिन्दु भएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...