पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नेपाल आइपुग्यो

Published on

काठमाडौँ । किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० हजारभन्दा बढी खोप आइपुगेको हो ।

कट्टेलले यो अभियानका कूल १७ लाख ७० हजार २० भाइल खोपमध्ये पहिलो चरणमा चार लाख ६० हजार ९४० एचपीभी खोप नेपाल आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी खोप आगामी जनवरी १० भित्र आउने तालिका तय भएको छ । आइसकेका खोपहरुलाई प्रदेशस्थित आपूर्तिकेन्द्रहरुमा पठाउने उहाँले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड एचपीभी खोप ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा आएको हो । सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियानका रुपमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क एचपीभी खोप लगाउने लक्ष्य लिएको छ । नेपालमा वार्षिक करीव दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने विभिन्न अध्ययनले देखाएको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...