वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

Published on

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरी छन् ।

पक्राउ परेकामध्ये राजकुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ३० हजार रूपियाँ र रूपेश कुमारले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए । पैसा लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मङ्गलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...