रुसले बनायो क्यान्सरविरुद्धको खोप कति प्रभावकारी

Published on

काठमाडौँ । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।

मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनका अनुसार क्यान्सरविरुद्धको यो खोप सन् २०२५ देखि प्रारम्भ हुन्छ । खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ । क्यान्सरविरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कतिको प्रभावकारी छ भन्ने स्पष्ट छैन ।

खोपको नाम पनि खुलाइएको छैन । क्यान्सर रोग विशेषज्ञ डा.सुजिता हिराचनले विभिन्न देशले नयाँ–नयाँ औषधी बनाइरहेको बताउँदै पछिल्लो समयमा रुसमा खोप बनाएको विषयमा आफुलाई थाहा नभएको बताउनुभयो । उहाँ विश्वमा विभिन्न क्यान्सर उपचार गर्न नयाँ–नयाँ प्रविधि उपकरण, औषधीको विकास भएको विश्व स्वास्थ्य सङ्गठनले प्रयोगका लागि सिफारिस गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “धेरै देशहरुले विभिन्न थरिका उपकरण औषधीको विकास गरेका छन् । विभिन्न कम्पनिले किमो थेरापीमा प्रयोग गर्ने औषधीको निमार्ण गरेका छन् । हालसम्म विकास भएका औषधी शल्यक्रिया गरे पछि मात्र दिन मिल्छ ।” क्यान्सर विश्वभरनै मृत्युको पहिलो कारण तत्व हो । नेपालमा पनि क्यान्सर रोगका बिरामी बढ्दै गएका छन् ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...